मिनीट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

२०८२ मंसिर १३, शनिबार

काठमाडौँ : काठमाडौँको गोदावरी नगरपालिका–६ शङ्खरापुर अस्पताल अगाडि मिनीट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

डोल्पा जिल्ला काईके गाउँपालिका–५ घर भई हाल काठमाडौँ नारायणटार बस्ने ७३ वर्षीया अमन्नी थापाको उपचारका क्रममा आज मृत्यु भएको उपत्यका टाफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

उनले भने, “शङ्खरापुर अस्पताल अगाडि बा १ क २४४६ नम्बरको निजी मिनीट्रकले बाटो काटिरहेको अवस्थामा निज पैदलयात्री थापालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।”

ठक्कर दिने मिनीट्रक चालक भक्तपुर मध्यपुर नगरपालिका–८ बस्ने ५५ वर्षीय सुरामान शाहुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरेको प्रवक्ता सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार