ट्रकको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

२०८२ मंसिर १४, आईतवार

काठमाडौँ : काठमाडौँको शंखरापुर अस्पतालअगाडि मिनिट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

डोल्पाको काईके गाउँपालिका–५ घर भएकी र काठमाडौंको नारायणटार बस्दै आएकी ७३ वर्षीया अमन्नी थापाको उपचारका क्रममा शनिबार मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

एसपी सुवेदीका अनुसार शंखरापुर अस्पतालअगाडि बा१क २४४६ नम्बरको निजी मिनिट्रकले बाटो काटिरहेको अवस्थामा पैदलयात्री थापालाई ठक्कर दिएको हो । शंखरापुर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

ठक्कर दिने मिनिट्रक चालक भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ का ५५ वर्षीय सुरामान शाहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ र आवश्यक कारबाही सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार