बसले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

२०८२ मंसिर १४, आईतवार

काठमाडौं : सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छन्।

आज बिहान दुधौली नगरपालिका- २ गागनस्थित मदन भण्डारी राजमार्गमा पोखराबाट कटारीतर्फ जाँदै गरेको बा.३ ख ७४६२ नम्बरको बसले डकाहाबाट झुघातर्फ जाँदै गरेको ज.८ प ८१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुधौली नगरपालिका- ३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो।

दुर्घटनामा कमलामाई नगरपालिका १४ घर भएका करिब २६ वर्षीय दिपेश कुमर घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका महेशको उपचारको क्रममा दुधौली नगर अर्का घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि बस चालक उदयपुरको कटारी नगरपालिका-३ घर भएका ३२ वर्षीय श्याम कुमार भट्टराई फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार