माछापुच्छ्रे एसआईपी योजनाका इकाईहरु आजबाट बिक्री खुला

२०८२ मंसिर १४, आईतवार

काठमाडौं : माछापुच्छ्रे एसआईपी योजनाका इकाईहरु आज मंसिर १४ गतेबाट बिक्री खुला गरिने भएको छ।

योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले उक्त म्युचुअल फन्डका १० रुपैयाँ अंकित मूल्यका कुल २० करोड रुपैयाँबराबरको २ करोड इकाई बिक्री खुला गरेको हो। यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ।

जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन्। यस योजनाका इकाई खरिदका लागि मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएकोमा निष्कासन अवधि मंसिर २८ गतेसम्म लम्बिन सक्छ।

यस योजनाका इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार