काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य १ हजार ६ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर २ लाख ५२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ४५ रूपैयाँ कायम भएकोमा आज १ सय ४५ रूपैयाँले बढेर ३ हजार ४ सय ९० रूपैयाँ कायम भएको छ ।









