आज महाधिवेशनको लोगो सार्वजनिक गर्दै एमाले

२०८२ मंसिर १४, आईतवार

काठमाडौँ : नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो आज (आइतबार) सार्वजनिक गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट शनिबार मङ्सिर गरेको एमालेले तयारीलाई तीव्र बनाएको छ । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार