गोरखाबाट नारायणगढ जाँदै गरेको बस दुर्घटना

२०८२ मंसिर १४, आईतवार

काठमाडौं : गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ । आँबुखैरेनी-गोरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो ।

प्रहरीका अनुसार, बस रोकिरहेको ठाउँबाट केही तल झरेको हो । रोकिरहेको ठाउँबाटै बस गुडेर केही मिटर मात्रै तल झरेको हो । प्रहरीका अनुसार, बसमा करिब २० जना सवार थिए ।

घाइतेमध्ये एक जनालाई चितवन लगिएको छ भने अन्य घाइतेलाई त्यहीँ स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार