काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा १०८ दल दर्ता भएका छन् ।
आज पनि केही दल दर्ता प्रक्रियमा रहेका निर्वाचन आयोगले जनाएको छ । आयोगले आजसम्म दल दर्ताका लागि समय दिएको छ । अझै विभिन्न १६ वटा दल दर्ता प्रक्रियामा रहेका आयोगले जनाएको छ । आजसम्म दर्ता हुने राजनीतिक दलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिन पाउनेछन् ।
आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप गरेको थियो ।









