डिजेल र मट्टितेलको मूल्य घट्यो

२०८२ मंसिर १४, आईतवार

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ ।

जसअनुसार डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटेको छ भने हवाइ इन्धनको मूल्य बढेको छ । निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढ्दा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ ।

नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने छ । पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार