सवारी दुर्घटनामा एक जनाको मृत्यु

२०८२ मंसिर १५, सोमबार

सुनसरी : सुनसरी सदरमुकाम इनरुवा–२ मा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा–१० जलपापुरका ३९ वर्षीय हारुन अंसारी रहेको प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए । इनरुवादेखि बविया जाने क्रममा को७प ४९०५ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ उनको मृत्यु भएको हो । अंसारी हेलमेट नलगाइ मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार