दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार

२०८२ मंसिर १५, सोमबार

झापा :  मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ ।

स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आएका थिए । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिको कछुवाको संरक्षण आवश्यक रहेको बताउँदै महतको घरबाट ती कछुवा उद्धार गरेका हुन्। संरक्षणकर्मी लुइँटेलले डिभिजन वन कार्यालय झापालाई कछुवा उद्धार गरिएको जानकारी दिएको बताए ।

उद्धार गरिएका कछुवालाई डिभिजन वन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार