सिंहदरबार बुख्याँचाका लागि होइन : अध्यक्ष ओली

२०८२ मंसिर १५, सोमबार

काठमाडौं : नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बुख्याँचाको संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आह्वान गरेका छन् । आईतवार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो आह्वान गरेका हुन् ।

उनले देश अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै संवैधानिक बाटोमा देशलाई फर्काउन सबै लाग्नुपर्ने बताए । ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । लोकतन्त्र फर्काउँ । संवैधानिक बाटोमा देशलाई फर्काउँ । गलत सिफारिसमा, असंवैधानिक ढंगले विघटित संसद पुनःस्थापना हुनुपर्छ । संसद पुनःस्थापना भयो भने बर्बाद हुन्छ रे, त्यही बर्बाद हुन्छ भनेर संसद विघटन गरेको ?’ उनले प्रश्न गरे ।

असंवैधानिक ढंगले विघटित संसद पुनःस्थापना हुनु आवश्यक रहेको बताए । संसद पुनःस्थापना भयो भने बर्बाद हुन्छ भन्ने गरिएको भन्दै अध्यक्ष ओलीले बर्बाद हुन्छ भनेर संसद विघटन गरेको ? भन्दै प्रश्न गरे ।

अन्तरिम सरकारप्रति लक्षित गर्दै अनिर्वाचित बुख्याँचाहरु तरकारी बारीमा नै ठिक रहेको टिप्पणी गरे । सिंहदरबार कसैले लगेर किलोमा राखिदिने बुख्याँचाको लागि नभएको उनको भनाइ छ । ‘लोकतन्त्र आउन नदिने ? निर्वाचितहरु लखेटिनुपर्ने ? अनि अनिर्वाचित बुख्याँचाहरु शब्जीबारीमा त ठिकै थियो, सिंहदरबारमा बुख्याँचा ? मिल्छ यो ? बुख्याँचा निर्वाचित हुँदैन कहिल्यै पनि । बुख्याँचा कसैले राखिदिने हो । सिंहदरबार बुख्याँचा कसैले लगेर किलोमा गाडिदिने ठाउँ होइन, जनताबाट, लोकतान्त्रिक विधिबाट निर्वाचित सरकार बस्ने ठाउँ हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार