प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त

२०८२ मंसिर १५, सोमबार

काठमाडौं : प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साललाई नियुक्त गरिएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै कार्यवाहक सीईओको जिम्मेवारी लम्सलालाई दिएको जानकारी दिएको हो ।

बैंकका वरिष्ठ कर्मचारी रहेका लम्साललाई आईतबारदेखि लागू हुनेगरि बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो । आइतबार दिउँसो बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललाई प्रहरीले पक्राउ गरेपछि लम्सालले नयाँ जिम्मेवारी पाएका हुन्।

बैंकका सूचना अधिकारी रवीन्द्र ढकालका अनुसार वरिष्ठताका आधारमा लम्सालले नयाँ र थप जिम्मेवारी पाएका हुन्। उनले अनुसन्धान प्रक्रिया चलिरहे पनि बैंकको सेवा प्रवाहमा भने कुनै असर नहुने बताए।

बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरू सम्पूर्ण शाखा सञ्जालहरूबाट निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ, बैङ्कद्वारा जारी सूचनामा भनिएको छ ।

Prabhu bank ceo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार