काठमाडौं : ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।
भेटपछि आइतबार राति घिसिङले बालेनसँगको फोटो सार्वजनिक गरेका हुन् । फोटोसहित उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’ घिसिङ आबद्ध भएको भनिएको उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक घोषणाको तयारी गरिएको छ ।
त्यसअघि उनले विभिन्न व्यक्ति तथा दलहरुसँग छलफल गर्दै आएको सो पार्टीका प्रवक्ता डा राजु थापाले बताए ।









