काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर २ लाख ५३ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४ सय ९० रूपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले बढेर ३ हजार ५ सय ३५ रूपैयाँ कायम भएको छ ।







