नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहामा सुनसहित पक्राउ

२०८२ मंसिर १५, सोमबार

काठमाडौं : नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् ।

सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको छ ।तिवारीबाट आठ तोला सुन बरामद गरिएको दोहा प्रहरीले जनाएको छ । उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौं आइपुग्ने तालिका थियो ।

दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीसँग आठ तोला सुन भेटिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार