ओलीले नै अध्यक्ष जित्छन् भन्ने निश्चित छैन : कर्ण थापा

२०८२ मंसिर १५, सोमबार

काठमाडौं : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीको ११औं महाधिवेशनका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने बताएका छन् ।

प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले पार्टी अध्यक्ष ओलीले नै जित्छन् भन्ने निश्चित नरहेको दाबी गरे । पार्टीमा देखिएको प्रतिस्पर्धात्मक परिस्थितिले आफू बडो उत्साहित रहेको बताए । कसले जित्ने वा हार्ने भन्ने कुरा प्रतिनिधिको हातमा रहेको र जित्ने कुरा कसैको पनि पक्का नरहेको उनको भनाई छ ।

नेता थापाले नयाँ नेतृत्वको आगमन र पुरानो नेतृत्वको बहिर्गमन सबै राजनीतिक पार्टीका बीचमा चुनौतीको विषय बनेको बताएका छन् । एमालेमा पनि दुई कार्यकाल र ७० वर्ष उमेरहदको व्यवस्था गरेर बहिर्गनको बाटोलाई सहज बनाइएकोमा त्यसमा चलखेल भएको बताए । पदीय आकांक्षाको कारणले गर्दा एमाले अप्ठ्यारो ठाउँमा गएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार