निर्वाचन आयोगमा १४३ दल दर्ता, २५ दल नयाँ

२०८२ मंसिर १५, सोमबार

काठमाडौं : निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सुरुमा मंसिर १ देखि १० गतेसम्म दल दर्ताको लागि निवेदन दिने समय छुट्याएको थियो ।

त्यसपछि आयोगले चार दिन समय थपेको थियो। थपिएको समय पनि आइतबार सकिएको छ। यो अवधिमा आयोगमा २५ वटा नयाँ दल दर्ता भएका छन्। नयाँ दर्ता भएका २५ सँगै आयोगमा यसपटक एकसय १९ दल दर्ता भएका छन्। नयाँ र पुरानासँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १४३ पुगेको छ।

दल दर्ताका लागि एकसय २० दलले निवेदन दिए पनि ११९ दल दर्ता भएका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। अब निवेदनको छानबिनपछि २० मंसिरमा दर्ता भएका दलहरुको अन्तिम सूची प्रकाशन गरिने आयोगले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार