एसीसी पुरुष यु-१९ : नेपाल यूएईसँग २७ रनले पराजित

२०८२ मंसिर १५, सोमबार

काठमाडौं : एसीसी पुरुष यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित हुँदै उपविजेतामा सीमित भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले १४८ रनको लक्ष्य पाएको थियो । नेपालले ३३.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै जम्मा १२० रनमात्रै  जोडेको हो । नेपालका लागि अशोक धामीले सर्वाधिक ३४ रनको योगदान गरे । आशिष लुहारले २५ र रोशन विश्वकर्माले २५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले  दोहोरो अङ्क जोड्न सकेनन् ।

यूएईका लागि युग जय शर्मा, अली असगर शुम्सले तीन-तीन विकेट लिए भने नूर उल्लाह अयोबीले दुई र उद्दिश सुरीले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार