एमालेमा केपी ओलीलाई टक्कर दिने कोही छैन : सूर्य थापा

२०८२ मंसिर १५, सोमबार

काठमाडौं : नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् ।

उनले ओलीलाई बिदाई गर्ने कुरा असम्भव भएको बताए । प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले ओलीको विकल्प नखोजिने स्पष्ट धारणा राखे ।

‘विगतदेखि एमाले फुटाएर, विभाजन गरेर र पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर तुल्याउन लागि परेका छन् । पार्टी फुटाएर हिजो पनि कोही बलियो भएन, अब पनि हुने छैनन्’, उनले भने, ‘अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्छ । त्यसैले ओलीको विकल्प खोज्ने कुरा हुँदैन ।’

पार्टीभित्र भइरहेको ओली बिरुद्धको मोर्चाबन्दी निस्तेज पारिने उनले दावी गरे । ‘केपी ओलीलाई टक्कर दिने कोही छैन,’ उनले भने, ‘ईश्वर पोखरेलले पनि कुरा बुझ्नुपर्छ ।’ मुलुकभित्र र बाहिरका शक्तिसित बहस गर्ने व्यक्तिलाई सर्वसम्मत ढंगले नेतृत्वमा चयन गरिनुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार