नाडाको ४९ औँ साधारण सभा पुस ९ गते बाेलाइयाे

२०८२ मंसिर १५, सोमबार

काठमाडौं : नेपाल अटोमोबाइल एसोसिएशन अफ नेपाल (नाडा) को आगामी ४९ औँ वार्षिक साधारण सभा पुस ९ हुने भएको छ ।

४९ औँ वार्षिक साधारण सभा दि प्लाजा, ललितपुरमा हुने भएको हो । नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भाद्र १९ गते बसेको २२ औँ तथा मंसिर १५ गते आज बसेको २४ औँ केन्द्रीय कार्य समिति बैठकले संघलाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहित साधारण सभा बोलाउने निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार तोकिएको मितिमा आयोजना हुने सभामा महत्वपूर्ण नीतिगत तथा संरचनागत विषयहरू छलफल हुने बताइएको छ । संस्थाले सबै सदस्यलाई उपस्थित भई साधारण सभालाई सफल पार्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार