महाधिवेशन सफल पार्न युद्धस्तरमा जुटौं : प्रदीप पौडेल

२०८२ मंसिर १५, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै युद्धस्तरमा जुट्न आग्रह गरेका छन् ।

पार्टी पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बनेर लाग्नु पर्ने उनको भनाइ छ । केन्द्रीय कार्यसमिति बेठक सुरु भएको दोस्रो दिन नै आफूले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर सहमति गर्नु पर्ने प्रस्ताव राखेको जनाउँदै उनले डेढ महिना यसै खेर गएको जिकिर गरेका छन् ।

नियमित महाधिवेशनको कार्यतालिका पारित भएसँगै आफूलाई धेरै नेता–कार्यकर्ताले फोनमार्फत सम्पर्क गरेर समयमा सकिँदैन कि भन्ने संशय व्यक्त गरिरहेको बताएका पौडेलले अब युद्धस्तरमा काम हुने र महाधिवेशन भएरै छाड्ने बताए ।

‘मैले गत ३० कात्तिकमा नै तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव छ । बैठक लामो नचलाऔं । बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’ नेता पौडेलले भिडियो वक्तव्य जारी गर्दै भनेका छन्, ‘तर, यसलाई गम्भीर रूपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार