काठमाडौं : सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रुपमा मनाउने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले भदौ २३ गतेलाई जेनजी सहिद दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
सरकारले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमति, अविवाहित छोरी/अविवाहित छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ।











