मुलुकको रक्षाका लागि नागरिक नै फौज बन्नुपर्छ : प्रचण्ड

२०८२ मंसिर १६, मंगलवार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र राष्ट्रियताको रक्षा नागरिक तहबाटै सम्भव हुने भन्दै नागरिक फौज बनाउनुपर्ने धारणा राखेका छन् ।

नेकपाले विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले सेना-प्रहरी मात्र पर्याप्त नहुने बताउँदै तीन करोड नेपालीलाई नै राष्ट्रिय फौजको रूपमा संगठित गर्नुपर्ने बताए । जनयुद्ध र शान्ति प्रक्रियाको सुरुवाततिर तत्कालीन माओवादीले नागरिकलाई सैनिक तालिम दिने विषय अघि सारेको भए पनि पछि त्यो प्रस्ताव अघि नबढेको स्मरण गराउँदै प्रचण्डले हाल पुनः नागरिक फौजको अवधारणा उठाएका हुन् ।

उनले भने, ‘सेना-प्रहरीले मात्रै पुग्दो रहेनछ, साम्यवादीहरूसँग लड्न मिसाइल बनाउन सक्ने एटोमिक इनर्जी पैदा गर्न सक्ने तागत हामीसँग छैन । विदेशीहरूले गर्ने चलखेल र हस्तक्षेपलाई फौजी रूपले र अत्याधुनिक हतियारद्वारा लडाइँ लडेर उनीहरूलाई पछार्न सक्ने परिस्थिति हाम्रो छैन ।’ उनको भनाइअनुसार अत्याधुनिक युद्ध क्षमता नभए पनि नागरिकको सामूहिक शक्तिले राष्ट्रलाई सुरक्षित राख्न सकिन्छ ।

प्रचण्डले थपे, ‘हामीसँग ३ करोड नेपालीको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ । यदि तीन करोड नेपाली नै देशका लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँको कुनै तागतले नेपाललाई हराउन सक्दैन ।’ उनका अनुसार जनताको सामूहिक शक्तिबाट मात्र साम्राज्यवादी हस्तक्षेपलाई पराजित गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार