महेश बुढाथोकीको ‘काफल गेडी कुटुक्कै’ को दोस्रो भाग ‘साँगुरी काटेर’ सार्वजनिक

२०८२ मंसिर १६, मंगलवार

काठमाडौँ : पूर्वेली लोकभाकाका महारथी महेश बुढाथोकीको ‘काफल गेडी कुटुक्कै’ को दोस्रो भाग ‘साँगुरी काटेर’ सार्वजनिक भएको छ ।

म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको ‘साँगुरी काटेर’ गीतमा शब्द, लय र स्वर बुढाथोकी स्वयमको रहेको छ । नेपाली गाउँघरको संस्कृति, परम्परा र मन छुने भावना झल्काउने यस गीतमा आत्मीय शब्द, परम्परागत वाद्यवादन र लयबद्ध तालको सानदार संयोजन यसमा पाइन्छ ।

नकुल कार्कीले रेकर्ड गरेको यस गीतलाई म्युजिक नेपालका सिनियर रेकर्डिस्ट प्रकाश खरेलले मिक्सिङ रमास्टरिङ गरेका हुन् । सरोज प्रजा र रिस्ता अधिकारीले मुख्य भूमिका निर्वाह गरेको गीतमा निर्देशन र मुख्य कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् भने बविता पोख्रेलले कोरियोग्राफी असिस्ट गरेकी छन् ।

क्यामेरामा दिनेश पराजुलीको टिमले कमाल देखाएका छन् भने सम्पादन र रङ संयोजनमा राकेश ढकालले उत्कृष्ट कला प्रस्तुत गरेका छन् ।
सागर लामाले उत्पादन गरेको म्युजिक भिडियोमा मेकअप आर्टिस्टको रूपमा पुनम चौधरी अब्बल उत्रिएकी छन् । भिडियोमा देखिएको कोरस नृत्यको ग्रुप लिडर हरि अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार