तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

२०८२ मंसिर १६, मंगलवार

कैलाली : प्रदेशस्तरीय सुरक्षा गोष्ठीका क्रममा कैलालीको धनगढी पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुने’ दाबी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै अर्यालले फागुन २१ गतेको निर्वाचन ‘पर नसर्ने’ बताए ।

‘सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन हो,’ गृहमन्त्री अर्यालले भने, ‘भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ ।’

अर्यालका अनुसार निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भइसकेको छ । राजनीतिक दललाई निर्बाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण सरकारले बनाइरहेको छ ।

‘यो साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौं । कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन ।’ गृहमन्त्री अर्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार