काठमाडौँ : एक सातामा गोलभेँडाको मूल्य ३२ प्रतिशतसम्म घटेको छ । कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको मूल्य विवरणअनुसार मंगलबार (आज) भारतीय सानो गोलभेँडा ३२ प्रतिशतले घटेर औसत मूल्य ८५ रुपैयाँ कायम भएको छ । गत साता यो गोलभेँडा १०५ रुपैयाँ प्रतिकिलो रहेको थियो ।
यस्तै लोकल सानो गोलभेँडा १९.०५ प्रतिशतले घटेर प्रतिकिलो ८५ रुपैयाँ औसत मूल्य कायम भएको छ । अघिल्लो साता लोकल सानो गोलभेँडा प्रतिकिलो १०५ रुपैयाँ औसत मूल्य रहेको थियो ।
सानो टनेल गोलभेँडा १७.२९ प्रतिशतले घटेको छ । यो गोलभेँडा अघिल्लो साता प्रतिकिलो १३३ रुपैयाँ औसत मूल्य रहेकोमा आज ११० रुपैयाँ औसत मूल्यमा कायम भएको छ ।
सानो तराई गोलभेँडा १६ प्रतिशतले घटेको छ, अघिल्लो साता १२५ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको यो गोलभेँडा आज १०५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम छ ।











