महाधिवेशनबाट एकताको सन्देश दिन चाहन्छौं : पोखरेल

२०८२ मंसिर १६, मंगलवार

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सभामा सहभागी हुने सबैलाई आह्वान गरेका छन् ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् ।

एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा आगामी मंसिर २७ गते हुँदैछ । सो सभालाई एमालेले प्रतिगमन विरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रुपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाइ थियो ।

‘हाम्रो पार्टीको एघारौँ महाधिवेशनको उदघाटन सत्र भक्तपुर सल्लाघारीको तीनकुने चौरमा नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहको रुपमा आयोजना गर्न चाहन्छाँै । वास्तवमा नेपालका प्रमुख दलहरुसँग जनता छ कि छैनन् भन्ने कुराको सन्देश हामी त्यो सभाको माध्यामबाट दिन चाहन्छाँै,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार