भन्सार विभागको एक सय ७१ कर्मचारीको एकै पटक सरूवा

२०८२ मंसिर १६, मंगलवार

काठमाडौं : भन्सार विभागले नेपाल प्रशासन सेवा राजस्व समूहअन्तर्गतका एक सय ७१ जना कर्मचारी सरूवा गरेको छ।

एकै पटक गरिएको यो फेरबदलले देशभरिका भन्सार कार्यालयमा प्रशासनिक फेरबदल गर्नेछ। विभागले समय-समयमा कर्मचारी सरुवा गर्ने भए पनि अहिले एकै पटक ठूलो संख्यामा सरुवा गरेको हो। सरूवा हुने सबै कर्मचारी नायब सुब्बा (नासु) हुन्। भन्सार प्रशासनमा नासुको भूमिका मध्यम स्तरको हुनेगर्छ। तर उनीहरूले आयात-निर्यात नियन्त्रण, राजस्व संकलन, मालसामान परीक्षण सहितका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्छन्।

सरुवा भएका नासुहरू तत्कालै नयाँ कार्यस्थलमा हाजिर हुनुपर्नेछ। लामो समयसम्म एउटै कार्यालयमा रहँदा अनियमितताको जोखिम पनि हुनेगर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार