मार्तडी आगलागीबाट दुई करोड क्षतिको अनुमान

२०८२ मंसिर १७, बुधबार

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

बडीमालिका नगरपालिका–८ तल्लो जिउलामा रहेको प्रकाश थापाको फर्निचर, गाडी ग्यारेजसहितको डिपार्टमेन्ट पसलमा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । आगलागीबाट डिपार्टमेन्ट नजिकै रहेको किरण थापाको घरमा समेत क्षति पुगेको उनले बताए ।

मंगलबार दिउँसो १२ बजेर १५ मिनेटमा विद्युत्को तार सट हुँदा यहाँ आगलागी भएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार