एकान्तकुनामा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८२ मंसिर १७, बुधबार

काठमाडौँ : ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा पिकअपले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । गए राति यातायात कार्यालय अगाडी एकान्तकुनाबाट सातदोबाटो जाँदै गरेको प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिक अपले बाटो काट्दै गरेकी करिब ४० वर्षीया महिलालाई ठक्कर दिएको हो ।

दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । पिकअपले पैदल यात्रीलाई ठक्कर दिएपछि पैदल यात्री विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३१ च ४०४२ नम्बरको निजी कारमा ठोक्किन पुगिन् ।

पैदल यात्रुलाई ठक्कर दिएपछि रोकिएको पिकअपको पछाडिबाट दुई वटा मोटरसाइकल ठोक्किएको छ । ना.५७ प ३९२१ नम्बरको मोटरसाइकल र प्रदेश–२–०२–००४ प ७२४६ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको एसपी सुवेदीले बताए । ३९२१ नम्बरको मोटरसाइकल चालक रौतहटको इशनाथ नगरपालिका–३ घर भएका अनुराग प्रसाद कुशुहवा घाइते भएका छन् ।

पिकअप चालक सिन्धुलीको सुनकोसी गाउँपालिका–६ घर भएका १९ वर्षीय हेमराज विक, कार चालक २८ वर्षीय सुशान्त महर्जन र ७२४६ नम्बरको मोसा चालक धनुषा घर भएका १९ वर्षीय सुमित शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार