माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माले दिए राजीनामा

२०८२ मंसिर १७, बुधबार

काठमाडौँ : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन्। आज प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई राजीनामा बुझाएको हुन्।

राजीनामा पत्रमा भनेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको ब्यहोरा अवगत गराउँदछु ।’

शर्मा नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेर जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका छन्। दलको नेताबाट राजीनामा दिए पनि सांसद पदबाट भने राजीनामा दिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार