क्यानका महानिर्देशक अधिकारीसहित ७ जनाविरुद्ध मुद्दा दायर

२०८२ मंसिर १७, बुधबार

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसँगै क्यानका निर्देशक मुरारी भण्डारी र अन्य कर्मचारीहरू उपप्रबन्ध निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापालाई प्रतिवादी कायम गरिएको छ ।

उनीहरुविरुद्ध भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणको भ्रष्टाचार मुद्दा दायर भएको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रत्येक प्रतिवादीसँग १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ। यसै प्रकरणमा अख्तियारले महानिर्देशक अधिकारीलाई यसअघि बुधबार नियन्त्रणमा लिइएको थियो । स्रोतका अनुसार उनी विदेश जान तयारी गरिरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेका थिए ।

भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणमा करिब १३ करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपको प्रारम्भिक अनुसन्धानमा अधिकारीको संलग्नता देखिएको आयोग स्रोतले जनाएको छ। स्रोतका अनुसार अधिकारीले पछिल्ला दिनमा अख्तियारमा चलिरहेको अनुसन्धान रोक्न विभिन्न व्यक्तिसँग भेटघाट गरेको उल्लेख छ।

उजुरीदाताहरूले अधिकारीले विगतमा पनि विभिन्न सरकार तथा राजनीतिक व्यक्तिहरूलाई प्रभावमा पारेर अनुसन्धान प्रभावित पार्ने कोसिस गर्दै आएको आरोप लगाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार