संसद् विघटनविरुद्ध एमालेको रिटमा कारण देखाऊ आदेश

२०८२ मंसिर १७, बुधबार

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनविरुद्ध नेकपा (एमाले)को रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले र सचेतक सुनिता बरालले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोज शर्माको संवैधानिक इजलासले संसद् विघटनको कारणसहित सात दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षी राष्ट्रपति कार्यालयसहितका नाममा आदेश जारी गरेको हो ।

साथै, एमालेका तर्फबाट दायर रिट पनि यसअघि संसद् विघटनविरुद्ध परेको पहिलो सार्वजनिक सरोकारको अधिवक्ता डा. प्रेमराज सिलवालको रिटसँगै लगाउमा राख्न पनि आदेश गरेको छ । संवैधानिक इजलासले उक्त रिटका लागि आगामी २२ गतेको पेसी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार