कांग्रेस सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा

२०८२ मंसिर १७, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। मलाई के विश्वास छ भने- नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ’ अन्तर्वार्तामा थापाले भनेका छन्।

कांग्रेस महाधिवेशन आगामी पुस २६-२८ गते हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार