उज्ज्वल बाबुको गीत ‘फ्यान चल्यो घामको धूपैमा’ सार्वजनिक

२०८२ मंसिर १८, बिहीबार

काठमाडौँ : बलिउड  गायक उज्ज्वल बाबुको नेपाली गीत ‘फ्यान चल्यो घामको धूपैमा’ सार्वजनिक भएको छ ।

गीत गायनमा उज्ज्वललाई ‘मेरो भ्वाइस युनिभर्स सिजन २’की प्रतियोगी गायिका जुनु प्रसाईँले साथ दिएकी छन् । रोमान्टिक शैलीमा तयार गीतमा प्रेमीले प्रेमीलाई अहिले माया देखाएरपछि ल्याङल्याङ  गर्दै धोक दिन नमिल्ने र जीवनभर साथ दिनुपर्ने आशय राखेका छन् । गीतमा शब्द, संगीत र एरेन्ज बाबुल गिरीको छ ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा उदयराज गिरी र बिना राउतको अभिनयमा छ । गीतमा दुबैलाई रोमान्टिक प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ । मोडल गिरी एनआरएन पोल्याडका २०२५ देखि २०२७ सम्मका लागि महासचिव हुन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र राकेश दाहालको सम्पादन छ । भिडियोलाई अनुराधा गिरी र मदन प्रसाईँले निर्माण गरेका हुन् । गायक उज्ज्वल नेपाली हुन् । विगत ७ वर्षदेखि भारतमा रहेर निरन्तर सङ्गीतमा क्रियाशील उनले थुप्रै हिन्दी गीतमा स्वर दिएका छन् ।

भारतमै २ वर्ष क्लासिकल र प्लेब्याक गायक कोर्ष गरेका उज्वलले म्युजिक उत्पादन तथा साउन्ड इन्जिनियरिङमा डिप्लोमा पनि गरेका छन् । भारतमै नेपाली डबिङ पनि गर्दै आएका उनी बलिउडका विभिन्न शोसँग आबद्ध पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार