फिल्म ‘अभिमन्युः च्याप्टर १’ आजदेखि प्रदर्शनमा

२०८२ मंसिर १८, बिहीबार

काठमाडौं : कलाकार कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको फिल्म ‘अभिमन्युः च्याप्टर १’ आजदेखि प्रदर्शन भएको छ।

फिल्मले विहिबार देशब्यापी ८६ शो पाएको छ । फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा शीर्ष भूमिकामा छन् । दाइजो प्रथाको कथावस्तुमा बनेको फिल्म थ्रीलर जनरामा बनेको छ । पारिवारिक कथावस्तुका फिल्म लगातार हेर्दै आएका दर्शकलाई भिन्न जनराको स्वाद यो फिल्मले दिनसक्ने आशा राख्न सकिन्छ ।

१०८ मिनेट रनटाइमको यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले पीजी सर्टिफिकेट दिएको छ । यसको अर्थ, अभिभावकसहित बालदर्शकले यो फिल्म हेर्न सक्नेछन् । सुशान्त गौतम निर्देशित फिल्मको पटकथा खनालले लेखेका हुन् । कामेश्वर र लक्ष्मीसँगै यसमा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेलको पनि अभिनय छ ।

निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । अहिले हलमा अर्को नेपाली फिल्म ‘परान’ को पनि दबदबा देखिन्छ । अहिले पनि हलमा १०० हाराहारीमा परानका शोज कायमै छन् । यस्तोमा, अभिमन्युको लागि परान पनि चुनौती बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार