फिल्म ‘ऊनको स्विटर’ दक्षिण भारतमा पनि प्रदर्शन हुने

२०८२ मंसिर २१, आईतवार

काठमाडौँ : नेपालमा आक्रामक व्यापार गरेको फिल्म ‘ऊनको स्वीटर’ भारतका विभिन्न सहरमा  प्रदर्शन भइरहेको छ।

भारतका प्रमुख सहरमा दर्शकको मागसँगै सफलतापूर्वक प्रदर्शन भइरहेको र थुप्रै सहरमा प्रदर्शनको क्रममा रहेको निर्माण पक्षले जनाएको छ। निर्माण कम्पनी आर्टमान्डू नेपाल प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वोत्तर भारतमा सफलतासँगै फिल्म ‘ऊनको स्वीटर’ दक्षिण भारतसम्म पुगेको जनाएको छ। यो फिल्मको भारत यात्रा दुई हप्ता अघि सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोसँगै सुरु भएको थियो।

नेपाली भाषी बहुल पूर्वोत्तर भारतमा रिलिज भैसकेको यो फिल्म भारतका अन्य ठाउँमा समेत प्रदर्शनमा आउने भएको छ । १२ डिसेम्बरदेखि मुम्बई, हैदराबाद, हिमाञ्चलको सिमला, धर्मशाला, कुल्लु, अरुणान्चल प्रदेशका तेजू रनामसाई, मेघालयको सिलोङ तथा असामका अन्य सहरहरूमा पनि प्रदर्शन हुनेछ ।

निर्माता कम्पनी आर्टमाण्डूले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको छ । आसामको गुवाहाटी, पश्चिम बंगालको कोलकाता, उत्तराखण्डको देहरादून, राजधानी नयाँ दिल्ली, बैंगलोर र हैदरावादमा भने रिलिज भैसकेको छ । बैंंगलोरमा नेपाली भाषीको जनसंख्या न्यून रहे पनि त्यहाँका ४ प्रमुख हलमा भने फिल्मले राम्रो ब्यापार गरिरहेको निर्माताले जनाएका छन् ।

निर्देशक नवीन चौहानले गान्तोकबाट सुरु भएको यात्रा दक्षिण भारतसम्म पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताए । नेपाली भाषाबाहेकका दर्शकबाट समेत फिल्मप्रतिको रुचि बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले यसले नेपाली फिल्मको नयाँ बजार र अन्तर्राष्ट्रिय उपस्थितिको ढोका खोलिदिएको बताए । यो फिल्मलाई भारतमा एसली प्रोडक्सन र एवन राईको समूहले रिलिज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार