एमाले महाधिवेशन तयारीबारे छलफल

२०८२ मंसिर २२, सोमबार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको आज बैठक बसेको छ ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरेको सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।

बैठकमा महाधिवेशनको तयारीका लागि गठन गरिएका समितिका संयोजकले प्रगति विवरण पेस गरेका छन् । उनका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ । एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशन सफल बनाउनका लागि विभिन्न १३ वटा समिति गठन गरिएका छन् । महासचिव पोखरेलको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार