फागुन २० गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

२०८२ मंसिर २३, मंगलवार

काठमाडौँ : निर्वाचन आयोगले फागुन २० गते १८ वर्ष पुग्नेलाई मतदान गर्न दिने निर्णय गरेको छ। सोमबार बसेको आयोगको बैठकले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई ‘कट अफ डेट’ निर्धारण गर्ने निर्णय गरेको हो।

आयोगले मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि समय दिएको थियो। त्यो समयावधिभित्र नामावलीमा नाम दर्ता गराउनेमध्ये फागुन २० गतेसम्म १८ गते पुग्ने अवस्थामा मतदान गर्न पाउने भएको हो। त्यस दिनभन्दा पछि १८ वर्ष पुग्नेले भने यसपालि मतदान गर्न पाउने छैनन्।

मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत संकलन भएको मतदताको विवरण आयोगले आफ्नो वेबसाइटमा राखेको छ।

001-1765195543.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार