काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९ सय ५ रूपैयाँ कायम भएकोमा आज ८० रूपैयाँले घटेर ३ हजार ८ सय २५ रूपैयाँ कायम भएको छ ।








