काठमाडौँ : नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ ।
काठमाडौँको ह्याम्स अस्पतालमा उपचारको क्रममा गए राति निधन भएको हो । विराटनगर महानगरपालिका–७ का स्थायी बासिन्दा उपाध्याय लामो समयदेखि क्यान्सरबाट पीडित थिए । उपाध्याय २०५६ सालमा शिक्षामन्त्री भएका थिए ।
पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उनी प्रतिनिधिसभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए ।








