डल्लुमा जुवातास खेलिरहेका ६ जना पक्राउ

२०८२ मंसिर २८, आईतवार

काठमाडौँ : काठमाडौँ महानगरपालिका-१५ डल्लुबाट ६ जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दावन नरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१ वर्षीय इमरोज खान समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार