काठमाडौं : जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ ।
अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा पाचक क्रियामा सुधानर आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ । अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।
यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ । अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ । मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।
महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ । अदुवाको चियामा कागती मिसएर पिउदा शरीरको वजनसमेत कम हुन्छ ।








