कुलमानले चुनाव लड्न मन्त्रीबाट राजीनामा दिनुपर्ने

२०८२ पुष १७, बिहीबार

काठमाडौँ : निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मन्त्रीकै पदमा रहेर कसैले पनि चुनाव लड्न नपाउने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा संवाद गर्दै उनले अहिले सरकारमा रहेका मन्त्रीहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्ने हो भने राजीनामा दिनुपर्ने बताएका हु्न् । उनले मन्त्रीकै पदमा रहेर चुनाव लड्ने कुृरा कानूनले परिकल्पना नगरेको बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुनुहुन्छ कुलमान घिसिङ । उहाँले उम्मेदवारी दिन पाउनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘मन्त्रीकै पदमा रहेर मिल्दैन । त्यो कुरा हामीले पछि सार्वजनिक गर्ने पनि छौं । कानूनमा पनि स्पष्ट छ । उहाँहरु यो कुरामा जानाकार हुनुहुन्छ । मन्त्रीकै पदमा रहेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने कुरा अहिले कानूनले परिकल्पना गरेको छैन ।’

प्रवक्ता भट्टराईले निर्वाचनको वातावरण बनाउन सबैतिरबाट सहयोग भइरहेको र निर्वाचन नहुने कुरामा संका, उपशंका गर्नुपर्ने कारण नरहेको बताए । उनले उम्मेदवारको लागि संविधान र कानून बमोजिम योग्यता हुनुपर्ने बताए । विदेशमा रहेका नेपालीहरुले उतैबाट यसपटक मतदान गर्न भने नपाउने उनले बताए । नयाँ प्रविधि प्रयोग गरेर, कानून तर्जुमा गरेर भविष्यमा यसलाई सहज बनाउने सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार