ओलीलाई पत्र काट्ने तयारीमा जाँचबुझ आयोग

२०८२ पुष १७, बिहीबार

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको विषयमा सोधपुछ गर्न ओलीलाई बोलाउन लागिएको जानकारी दिएका हुन्।

अध्यक्ष कार्कीले पूर्वगृहमन्त्री रमेश लेखकसँगको बयान प्रक्रिया भने सकिसकेको बताएका छन्। एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउँदा उपस्थित नभए के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले ‘भोलिको कुरा भोलि नै हुने’ भन्दै संक्षिप्त प्रतिक्रिया दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार