सुरेन्द्रकुमार उप्रेती नाडाको अध्यक्षमा निर्विरोध निर्वाचित

२०८२ पुष १७, बिहीबार

काठमाडौं : नेपाल अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती (सुरेश) निर्विरोध निर्वाचित भएका छन्।

पौष २५ गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी दर्ताको अन्तिम समयसम्म उप्रेतीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चयन भएका हुन्।

निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताको समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो। सो अवधिभित्र अन्य कुनै पनि उम्मेदवारको आवेदन नपरेपछि उप्रेती स्वतः अध्यक्षमा निर्वाचित भएका हुन्। यद्यपि, उनको निर्विरोध निर्वाचनको औपचारिक घोषणा भने पौष २५ गते हुने निर्वाचन कार्यक्रमकै दिन गरिने नाडाले जनाएको छ।

उप्रेती नाडाको वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा थिए। यसअघि उनले कोषाध्यक्षको भूमिका समेत सफलतापूर्वक निर्वाह गरिसकेका छन्। त्यसअघिका कार्यकालहरूमा पनि विभिन्न उपसमिति तथा जिम्मेवारीमा रहेर नाडाको संस्थागत विकासमा योगदान पुर्‍याउँदै आएका छन्।

व्यवसायिक पृष्ठभूमिका हिसाबले उप्रेती एसटीसी ग्रुपका प्रबन्ध निर्देशक हुन्। उनी टायर, लुब्रिकेन्ट, ब्याट्रीलगायत विभिन्न अटोमोबाइल स्पेयर पार्ट्सको व्यवसायमा सक्रिय छन्। पछिल्लो समय उनले सवारीसाधन आयातको तयारीसमेत अघि बढाएको बताइएको छ, जसले नेपाली अटोमोबाइल बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

नाडाको ४९औँ वार्षिक साधारणसभा गत पौष ९ गते सम्पन्न भएको थियो। उक्त साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने निर्वाचन प्रक्रिया अगाडि बढाएको हो। उप्रेतीको निर्विरोध चयनलाई अटोमोबाइल व्यवसायीहरूले निरन्तरता, स्थायित्व र अनुभवको कदरका रूपमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार