म्यान्चेस्टर सिटी सन्डरल्यान्डसँग बराबरीमा रोकियो

२०८२ पुष १८, शुक्रबार

काठमाडौं : प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी र सन्डरल्यान्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्।

बलियो मानिएको सिटीले खेलभरि नियन्त्रण र आक्रमक दबदबा कायम राखेपनि गोल गर्न भने असफल भएको हो।  ४१ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले खेलभरि बल नियन्त्रणमा राखेपनि राम्रो प्रदर्शन गर्न सकेन।

२९ अंकसहित तालिकाको सातौ स्थानमा रहेको सन्डर ल्याण्डले बलियो टोली म्यानचेस्टर सिटी विरुद्ध राम्रो प्रदर्शन गर्दै महत्त्वपूर्ण १ अंक जोडेको छ। ४५ अङ्कका साथ आर्सनल अझै पनि लिगको पहिलो स्थानमा कायमै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार