‘रुकुम मैकोट’ बन्यो युट्युबमा धेरै हेरिने दोस्रो नेपाली गीत

२०८२ पुष १८, शुक्रबार

काठमाडौं : फिल्म ‘खुश्मा’ मा समावेश पाश्र्वगीत ‘रुकुम मैकोट’ युट्युबमा सबैभन्दा धेरै हेरिने दोस्रो नेपाली गीत बनेको छ ।

१६ महिनाको अवधिमा यो गीतले १ जनवरी, २०२६ सम्म १६ करोड ४० लाखभन्दा धेरै भ्यूज प्राप्त गरेको छ । यसअघि धेरै हेरिने दोस्रो स्थानमा टीका प्रसाईंको गीत ‘माया लुकी लुकी’ थियो । ७ वर्षअघि सार्वजनिक यो गीतलाई १६ करोड ३८ लाख ५१ हजारभन्दा बढीपटक हेरिएको छ । ‘माया लुकी लुकी’ तेस्रो स्थानमा धकेलिएको छ ।

‘रूकुम मैकोट’ का शब्द सुरेन्द्र रानाका हुन् भने संगीत निर्देशक एसडी योगी र संगीत निर्माता रिकेश गुरूङ हुन् । यसको भिडियोमा फिल्मका शीर्ष कलाकार धीरज मगर र उपासना सिंह ठकुरीको नृत्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार