सर्वोच्चको रिट फिर्ता हुँदैन : पूर्णबहादुर खड्का

२०८२ माघ ५, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय विरुद्धको सर्वोच्च अदालतमा पेश गरेको रिट फिर्ता नहुने स्पष्ट गरेका छन् ।

खड्काले  केही सञ्चारमाध्यमले रिट फिर्ता हुने भन्दै समाचार प्रकाशित गरेको भन्दै उनले त्यसमा सत्यता नरहेको स्पष्ट गरेका हुन् ।

उनले भनेका छन्, ‘केही सञ्चार माध्यममा आएका गलत समाचार बारे स्पष्ट होस्- २०८२ माघ २ गते काँग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अबैधानिक निर्णयका विरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको म स्पष्ट पार्न चाहान्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार